कांग्रेस केन्द्रीय समितिको बैठकमा राज्य पुनःसंरचनामा छलफल

 साउन २६ काठमाडौं । नेपाली कांग्रेसले राज्य पुनः संरचनाका बिषयमा धारणा तय गर्न केन्द्रीय समितिमा छलफल गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय दलका नेता तथा उप–सभापति रामचन्द्र पौडेलले पेश गर्नुभएको प्रस्तावमा छलफल हो ।छलफलका क्रममा अधिकांश सदस्यहरुले जातियता र भाषीक रुपमा राज्य पुनः संरचना गर्दा दीर्घकालीन समस्या आउने भन्दै आयोग बनाएर राज्य पुनः संरचना गर्न सुझाव दिएका छन् ।

त्यसै गरेर बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल भएको एक सदस्यले जनाएका छन् । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन छलफल गर्दै आएको छ।

Leave a Reply