एनआरएन अष्ट्रेलियाको अध्यक्षमा गणेश केसी निर्वाचित

सिड्नी । गैर आवासिय नेपाली संघ (एनआरएन ) अष्ट्रेलियाको अध्यक्षमा गणेश केसी निर्वाचित भएका छन् । चौथो अधिवेसन अन्तर्गत दुई वर्षका लागि भएको निर्वाचनमा केसी १४११ मत प्राप्तगरी निर्वाचित भएका हुन्।

निर्वाचन आयुक्त दिपक खड्काका अनुसार प्रजातान्त्रिक प्यानलको नेतृत्व गरेका केसीका प्रतिद्धन्दी वर्तमान सचिव पदमा कार्यरत विष्णु हमालले १२२८ मत प्राप्त गरेका थिए ।

निर्वाचन परिणाम सार्वजनिकपछि नवनिर्वाचित अध्यक्ष केसीले अफ्नो चुनावी प्रतिवद्धता अनुसार अष्ट्रेलियाको नेपाली समुदायको सेवा गर्ने बताए । केसीले नेतृत्व गरेको प्यानल सचिव, कोषाध्यक्ष, आईसिसिमा एक सदस्य, दुई उपाध्यक्ष बाहेक अधिकंस पदमा विजयी भएको छ । सचिव पदमा महेन्द्र ओलीले झण्डै तिन सय मत अन्तरले समिम अनवरलाई हराएका छन् । यस्तै कोषाध्यक्ष पदमा भरत पोखरेल १३२३ मत ल्याएर विजयी भएका छन् ।

आइतबार अष्ट्रेलियाको आठओटै राज्यमा एकसाथ भएको मतदानमा करिव २५ सय मत खसेको थियो । एनआरएन को उपाध्यक्ष पदमा पदम लाल सापकोटा -न्यु साउथ वेल्स), भैरव ढकाल -पश्चिम अष्ट्रेलिया) र स्वतन्त्र प्रताप शाह -क्विइन्सल्याण्ड) मा विजयी भएका छन् । यसैगरी पाँचजना आईसिसि सदस्यहरुमा भुमा देवी लिम्वु, नरेश थापा, प्रलाद केसी, तपेन्द्र थापा र सुरेन्द्र सिग्देलले स्थान सुरक्षित गरेका छन् ।

एनआरएन अष्ट्रेलियाको चौथो अधिवेसन अन्तर्गत भएको मतदानमा नेपाली कांग्रेस, एमाले र माओवादीको समर्थनमा तीनवटा प्यानल खडा भएका थिए । केसी र हमालले क्रमस कांग्रेस र एमालेको प्यानलको नेतृत्व गरेका थिए । एनआरएनलाई राजनीतिकरण गरिएको भन्दै केही युवाहरुले चुनाव बहिस्कार समेत गरेका थिए।
Continue Reading ...

कुवेति महिलाहरुलाई मन परेको पुरुष किन्न पाउने अनुमति

सुजन अभागि कुवेत
   पूर्व सभासद तथा कुवेतमा बरिष्ठ नेत्रि मानिने सल्वा अल मुतैरीले कुवेति महिलाहरुले राम्रो देखिने पुरुष मुस्लिम देश बाट खरिद गर्न पाउनु पर्ने मुद्दा उठाएकि छन । उनिले भनेकि छन कुवेति कानुले महिलाहरुलाई मन परेको पुरुष खरिद गर्न अनुमति दिनु पर्छ । त्यो पुरुष सँग महिलाको गुलाम पति (महिलाको दास, शरीरिक सम्बन्धको लागि राखिएको पती) मा आबश्यक गुण बिशेषता हुनु पर्ने र विवाहको लागि तयार हुनु पर्ने छ । कुवेतको कानुनमा पुरुषहरुले चार वटी सम्म श्रीमति राख्न सक्छन । त्यसैले महिलाहरुले पनि आफुलाई राम्रो लागेको पुरुष राख्न पाउनु पर्ने मुद्दा उठाएकी हुन र यस्को विश्व भर चर्चा भई रहेको छ । तर ईस्लामिक जानकारहरुले यो प्रस्ताव बेकार र बक्बास भएको बताएका छन ।अल मुतैरीले दाबी गरेकि छन । प्रस्तावले कुवेतमा बुढी कन्या बस्ने समस्याको हल गर्ने छ र । देशमा बढी राखेको सम्बन्ध बिछ्छेदको दरलाई घटाउने छ ।

त्यो गुलाम मान्छेको बिशेषता र गुणको बारेमा मुतैरीले भनेकि छन । किनेको मान्छे विनम्र, शालीन, मोडेस्ट र देख्दा राम्रो हुनु पर्छ । आफनि श्रीमतीको आज्ञा पालन गर्नु पर्छ । राम्रो ब्याबार र सम्मान गर्नु पर्छ । अनी ति महिलाले आफानो जीवन सुन्दर र सुखी तरिकाले बिताउन सक्छिन र उनिहरु बिच झै झगडा र अरु कुनै किसिमको बादबिबाद बाट टाडा रहन्छन ।

मुतैरीले थपेकि छन यस्तो किसिमको गुलाम पती मुस्लिम देश बाट बिज्ञापनको माध्यमबाट छानेर लिनु पर्छ । रुसबाट सिधै ल्याउने होईन । बिज्ञापनमा कस्तो किसिमको पुरुष चाहिएको हो खुलाइने छ र त्यो पुरुष मुस्लिम अथवा मुस्लिम धर्म अपनाउन तयार हुनु पर्छ ।

कुवेति महिलाहरुले खोजे जस्तो गुलामपती आबेदनमा राखीएको फोटो हेरेर अथवा अन्तरबार्ताबाट छान सक्ने छन । सल्वा अल मुतैरीले भनेकी छन यो प्रस्तावले कुवेतमा मनुस्यको संस्कृति, उन्नती बिकास तथा समाज शास्त्रमा मद्दत पुराउने छ । सल्वा अल मुतैरीले थप्छिन, यो काम महिले गर्छु यदी मलाई कुवेत सरकारले कानुनी मान्यता दिन्छ भने । म एसिया र युरोपका देशहरुको भ्रमण गर्छु जहाँ ठुलो संख्यामा मुस्लिम समुदाय र किरायमा काम गर्ने पुरुषहरु छन जो सँग कुवेती महिलाहरुलाई संतुष्ट गर्ने बिशेषता र गुणहरु छन ।

सल्वा अल मुतैरीले दाबी गरेकी छन १४ बर्ष सम्म कुवेतमा मन्त्री रहेका धनाढ्य ब्याक्तिले एक कुवेति महिलालाई विवाह गर्नको लागि प्रस्ताव राखेका थिए । उनिले तिनी महिलालाई धेरै माया गर्थे । तर तिनी महिलाले विवाहको प्रस्ताव स्विकारिनन् किन भने ति ब्याक्ति महिला भन्दा २० बर्ष जेठा थिए । तर उनी युरोपियन राम्रो देखिने मान्छे सँग विवाह गर्न तयार छिन । यधबि त्यो गरीब किन नहोस ।

केहि महिना पहिला कुवेतको समुन्द्री तटमा बिकिनी लगाएर पौडी खेल्न अथवा घुम्नको लागि महिलालाई रोक लगाउनु पर्ने र नियम बिरुद्ध जानेलाई एक हजार जरिवाना र जेल सजाए हुनु पर्ने माग गर्दै संसद खालिदले संसदिय समितीमा प्रस्ताव पेश गरेका थिए । संसदिय समितीले खालिदको माग असंबिधानिक भएको भनि खारेज गरेको थियो । कुवेति महिलाहरुले कुवेतको संसदिय समितीको निर्णयलाई भब्य स्वागत गरेका थिए । हाल कुवेतको समुन्द्रि तटमा बिकिनी लगाएर घुम घाम गर्न खुल्ला छ । कुवेत आधुनिक बन्दै छ।
Continue Reading ...