रामशरण नेपाली, रेडियो तनहुँ
माघ ५, तनहुँ ।
आर्थिक समाजिक खेलकुदको प्रर्वद्धन खैरेनीटार महोत्सव कला सिप र साँस्कृतिक संरक्षण’’ भन्ने मुल नाराका साथ तनहुँ उद्योग वाणिज्य संघ खैरेनिटार बजार ईकाइ समिति को आयोजना एवं खैरेनीटार गा.वि.स.को सहआयोजनामा आगामी फागुन १३ देखी २२ गते सम्म तेस्रो खैरेनिटार महोत्सव हुने भएको छ । यस भन्दा अघि चैंतेदशै महोत्सव को रुपमा मनाईने गरिएपनि यसपाली पर्यटन वर्ष२०११ लाई लक्षित गरि पहिले नै आयोजना गरिन लागिएको हो । आर्थिक ,सामाजिक साँस्कृतिक र खेलकुद विकासलाई टेवा पु¥याउने उद्धेश्यका महोत्सब सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । तनहुँ उद्योग वाणिज्य संघ खैरेनिटार बजार ईकाइ र खैरेनिटार गा.वि.स.को संयुक्त आयोजनामा गरिने कार्यक्रममा स्थानिय कला र सस्कृतिको संरक्षणमा प्रभाबकारी भुमिका खेलिने ईकाइ सभापति रामलाल हिराचनले बताउनु भयो ।महोत्सबलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि यहि आयोजकले सम्पुर्ण समक्ष आग्रह गरेको छ।
