भाडादर परिवर्तन नभए सिन्धुलीमाढीदेखी चममकेसम्म गाडी चल्न नदिने


एस्वी गौतम, माघ १०  सिन्धुली ।
  स्थानिय वासीको अवरोधका कारण हिजोवेलुकावाट सिन्धुलीमाढीदेखि चकमकेसम्म चल्ने सम्पुर्ण यातायातका साधन बन्द भएका छन ।
चकमके क्षेत्रका स्थानिय वासीहरुले जिल्लामा लागु भएको भाडा दररेट परिवर्तन गर्नुपर्ने ,ठाउँअनुसार सिटको कोटा छुट्याउनुपर्ने,विद्यार्थीहरुलाइ भाडादरमा छुटको व्यवस्था हुनुपर्ने लगाएतका विभिन्न माग राख्दै यातायात बन्द गराएका हुन ।
स्थानिय वासीको धेरैे माग पुरा भएपनि जिल्लामा लागु भएको भाडा दररेट परिवर्तनको मागमा थोरै छलफल गर्न वाकी रहेको फिक्कल यातायात व्यवसायी संघ सिन्धुलीका अध्यक्ष प्रज्ज्वलले मगरले जानकारी दिनुभएको छ ।  आज थप छलफल गरि सहमति कायम गरि बन्द खुलाउने प्रयास भइरहेको समेत अध्यक्ष मगरले जानकारी दिएका छन् ।

Leave a Reply