जापान सरकारलाई निमार्णाधिन वीपी राजमार्गको कामबाट हात झिक्न नदिने राजनितिक दलहरुको प्रतिबद्धता


एसबी गौतम,


   पुस १९ सिन्धुली। स्थानीय बासिन्दाले विभिन्न माग राख्दै घरी घरी काममा बाधा पुर् याएको भन्दै जापान सरकारले निमार्णाधिन वीपी राजमार्गको कामबाट हात झिक्ने चेतावनी आईरहेको बेला सिन्धुलीका राजनितिक दलहरुले भने कुनै पनि हालतामा फिर्ता जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमवार रेडियो सिन्धुलीगढीको एक कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । कार्यक्रममा एकीकृत नेकपा माओवादीका सहइन्चार्ज गणेश बुढाथोकी नेपाली काँग्रेसका महासमिति सदस्य प्रेमचन्द्र दाहाल एमालेका जिल्ला कमिटी सदस्य खड्क खत्रीले यस्तो जनाएका हुन् । कार्यक्रममै जिल्ला विकास समिती सिन्धुलीका पुर्व सभापति रमेश कार्कीले भने सिन्धुलीबासी र विशेष गरी राजनितिक दलका पार्टीहरुले सो विषयमा पहल गर्नु पर्ने बताए ।

केहि समयअघि सिन्धुलीको विपी राजमार्ग अन्र्तगतका विभिन्न ठाउँमा स्थानिय वासिले आफुले भने अनुसारको मुआव्जा पाउनुपर्ने तथा रोजगारी सिर्जन गर्नुपर्ने माग राख्दै पटक पटक राजमार्गको कामलाई प्रभाव पादै आईरहेका थिए । जापान सरकारको अनुदान सहयोगमा २०५३ सालबाट निर्माण सुरु गरिएको वीपी राजमार्गकॊ तीन खण्ड सडकको निर्माण कार्य सम्पन्न भई हाल खुर्कोट देखी नेपालथोक सम्म ३६ किलो मिटर सडक निर्माण भईरहेको छ ।

Leave a Reply