माघ ७, कामाण्डू ।
आजका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक फेरि स्थगित भएको छ । निर्वाचन प्रक्रियासम्बन्धी नियमावली संशोधनका विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी सोमबारसम्मका लागि स्थगित गरिएको हो । नियमावलीसम्बन्धी दलहरुबीच कुरा मिल्न नसकेपछि संसदको बैठक आज चौथो पटक पनि स्थगित भएको हो । नियमावली संशोधनका लागि बस्ने भनिएको संसदको बैठक अवरुद्ध हुँदै जाँदा सरकार गठनको प्रक्रियासमेत प्रभावित बनेको छ । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिनुभएको एक हप्ताको समय भने आजै सकिँदै छ ।
