धनगढीमा हुन गइरहेको एसपीए कप अन्तरकलेज राष्टीय किक्रेट प्रतियोगीताको



मेश भट्टराई ÷ रेडीयो घोडाघोडी एफएम
माघ ५, अत्तरीया कैलाली ।।
भोलीबाट कैलालीको धनगढीमा संचालन हुन गइरहेको एसपीए कप अन्तरकलेज राष्टीय किक्रेट प्रतियोगीताको तयारी पुरा भएको आयोजकले जनाएको छ । निजी स्तरमा सबैभन्दा बढी धनराशीको क्रिकेट प्रतियोगीतामा देशभरीका बिभिन्न काठमाण्डौ, कैलाली, बैतडी, डडेल्धुरा, पोखरा जनकपुर लगायतका १६ कलेजका टिमहरु सहभागी रहेका छन । सहभागी टिमलाई ए र बी समुहमा बिभाजन गरीएको छ । ए समुह अन्तगर्त पेन्टागन कलेज काठमाण्डौ, होलील्याण्ड कलेज नेपालगञ्ज,सनराइज कलेज कंचनपुर, आर आर क्याम्पस कलैया, टिकापुर बहुमुखी क्याम्पस कैलाली, सुदुरपश्चिमाञ्चल एकेडीमी कैलाली र पोखरा व्यबस्थापन कलेज पोखरा रहेका छन भने समुह बि अन्र्तगत जगन्नाथ क्याम्पस बैतडी, नमुना महेन्द्र उमावी डडेल्धुरा, युएसए कैलाली, नाशा इन्टरनेशलन कलेज काठमाण्डौ, नाष्ट उमावी कैलाली , सीसीआरसी काठमाण्डौ, घोडाघोडी बहुमुखी क्याम्पस कैलाली र राजराशी जनक कलेज जनकपुर रहेका छन । प्रतियोगीताको पहिलो खेल पेन्टागन कलेज काठमाण्डौ र जगन्नाथ क्याम्पस बैतडीबिच प्रतिस्पर्धा हुने भएको छ । सबै खेल नकआउट चरणमा खेलाइनेछन । एसपीए कलेज धनगढीको आयोजनामा भइरहेको प्रतियोगीताको उद्घाटन उपराष्टपति परमानन्द झाले गर्नुहुने कार्यक्रम रहेको छ ।  निजी स्तरमा सबैभन्दा बढी धनराशीको यस एसपीए अन्तरकलेज राष्ट्रिय प्रतियोगीतामा बिजेता टिमले १ लाख नगद पुरुष्कार पाउने छ भने उपबिजेताले ४० हजार पाउने छ । त्यसैगरी प्रत्येक खेलका म्यान अफ दी म्याचलाइ एकहजार, म्यान आफ दी सीरीजलाई २० हजार, उत्कृष्ट ब्याटसम्यान, बलर तथा फिल्डरलाई नगद १५ हजार प्रदान गरीने जनाइएको छ । धनगढीको रंगशाला मैदानमा हुने प्रतियोगीताको मुख्य प्रायोजक धनगढीको होटेल डीभोटी रहेको छ ।

Leave a Reply