सिर्जना घिमिरे, सामुदायिक रेडियो रामपुर पाल्पा
माघ ५ पाल्पा ।।
माघ ५ पाल्पा ।।
काममा हेलचक्र्याइँ गरेको र बैठकमा नियमित उपश्थिती नभएको आरोपमा गल्धा गाउँविकास समिति सचिव लक्ष्मण श्रेष्ठको जिल्लाविकास समितिले तलब रोक्का गरिदिएको छ । गाउँपरिषद् भएको जानकारी नदिएको, चार पटकसम्म गाविस सचिवको बैठकमा उपश्थित नभएकोले सचिव श्रेष्ठको पुष महिनाको तलब रोक्का गरिदिएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
उहाँका अनुसार जिविसलाइ खबर नगरी बेपत्ता भएकोले उहाँको तलब समेत रोक्का गर्नपर्ने अवस्था रहेको आएको हो । त्यस्तै अर्का गाडाकोट गाविस र बाकामलाङ् गाविस २ गाविस हेर्दै आउनुभएका सचिव देवेन्द्र कँुवर समेत बैठकमा उपश्थित हुनुभएन । उहाँलाइ समेत उपश्थित नहुँनुको स्पष्टिकरण लिइने जानकारी दिनुभयो । अहिले पाल्पा जिल्लाका १८ गाँउविकास समितिमा सचिव अपुगका कारण एउटै सचिवले २ स्थानमा काम गर्नपर्नै बाध्यता छ ।
