हिमाल दुवादी
काठमाडौँ। नेपालको प्रमुख पर्यटकीय स्थल ठमेलमा बर्षात को क्रम सँगै पर्यटकले सास्ती बेर्होनु परेको छ । ठमेल स्थित त्रिदेवी मार्ग, चाक्सीवारी मार्ग लगाएतका ठाँउका सडकमा परेको खाल्डोले गर्दा पर्यटकले निर्धक भएर हिडडुल गर्न नपाएको गुनासो गरेका छन । प्राय नेपालको अधिकांश सडकमा यस्तै समस्याले झेलेको छ। प्रत्येक बर्ष यस्तै समस्यामा परेको देशका विभिन्न स्थानका सडकहरुलाई समयमानै मर्मत कार्यमा कसैको ध्यान नपरेकाले समस्या उत्पन्न भएको स्थानीयवासी बताउछन् ।
जब बर्षात को समय सुरु हुन्छ अनि सधै यस्तै समस्या आउछ यसलाई निमूल पार्न सबै मिलेर अगाडि बढ्नु नै उपयुक्त देखिने पर्यटन व्यवसायी नीधि खनाल बताउछन् । यसमा सबैले ध्यान नदिए पर्यटन क्षेत्र खतरामा पर्ने सुनिच्चित रहेको देखिन्छ