एउटा विद्यालयमा कति बटा भाषाको पढाई हुनसम्ला ? तपाईको अनुमान हुनसक्छ बढीमा चार/पाँच । तर, बेलायतको एक प्राइमरी विद्यालयमा ४४ विदेशी भाषामा पढाई हुँदै आएको छ ।
‘सेन्ट म्याथुज चर्च अफ इङ्ल्याण्ड’ प्राइमरी स्कूलमा ४४ विदेशी भाषामा पढाई हुँदै आएको छ । उक्त विद्यालयन अफि्रकी, फिलीपिनो, गा, किसी लगायतका देशका साथै भारतको प्रादेशिक भाषा कन्नड र तेलुगुमा पनि पढाई हुने गरेको छ ।
सबै मिलाएर उक्त विद्यालयमा सात महाद्धिपको भाषामा पढाई हुन्छ । उक्त विद्यालयमा पढ्ने ४ सय ७७ केटाकेटीमध्ये १ सय ७८ केटाकेटी मातृ भाषाका रुपमा अंग्रेजी बोल्दैनन् ।
४० वर्ष पुरानो उक्त स्कूलका प्राध्यापक जेनेट लाइटफुटले सामान्यतया मानिसहरुले धेरै भाषामा हुने पढाईलाई जटिलताका रुपमा लिएपनि विविधता आफूलाई मन पर्ने बताएका छन् ।
