पुष १६ गोरखा ।
ऐतिहासिक र पर्यटकिय नमुना गाउँ बार्पाक बिगतका बर्षहरु भन्दा भव्य रुपले ल्होसार मनाइएको छ । बार्पाक एकता समाज बौद्ध हिमाल तमु ह्युल छोंज धी बार्पाक र उदय जागरण तमु युवा क्लब बार्पाकको सयुंक्त आयोजनामा भएको ल्होसार कार्यक्रममा स्वदेश तथा बिदेशमा रहनु भएका बार्पाक बासी राजनैतीक दलका प्रतिनिधिहरु सञ्चार्कर्मी लगायत हजारौं को सहभागिता रहेको थियो ।
बौद्ध हिमालको काखमा आयोजित बिशाल कार्यक्रममा संबिधानसभाका सभासद अमर तमुले गुरुङ जातिको महान पर्व ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।
गुरुङ भित्र रहेका लामा लाम्छाने घले गोदानेले मनाउने यो पर्व देश भरी छरिएर रहेका गुरुङ जातिले आफ्नो संस्कृती अनुसार मनाउने गर्छन् ।
ऐतिहासिक बार्पाकमा लामा र पैजो लामाले बस्ती बसाले सँगै यहाँ गुरुङ जातिको कला र संस्कृतीको बिकासअक्रमा बढेको भन्ने भनाइ छ ।बाक्लो गाउमा छरिएर रहेको बार्पाकमा गुरुङ बाहेक कामी दमै बसोबास रहेको छ ।
कुल ११ सय ५० को हाराहारिमा घरधुरि रहेको यो गाउ नमुना गाबिस मा पर्दछ । कच्ची बाटो पुगेको यो गाउमा साना मोटर हरु चल्ने गरेका छन ।
ल्होसारको पर्वको अवसरमा देशमा शान्ती छाओस कही कतै झगडा नहोस भनेर लामा पढ्ने र होम गर्ने काम समेत बार्पाकमा सम्पन्ना भएको छ ।लामा साइला घले सहितको लामा टोलिले सबैको शान्ति सुख समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै होम गरेका थिए ।
ढ्याङग्रो ठटाएर परम्परागत संस्कृतिको बार्पाक बासीहरुले यो बर्ष ल्होसारमा प्रस्तुत गरे ।बारपाक स्नानगाउँ, पोखरी गाउँ,मान्द्रेगाउँ, कोटगाउँ र छिमेकी गाविस लाप्राक र घ्याचोकबाट आएका गुरुङ र गुरुङ्सेनिहरुले चिसो सिरेटोले चिस्याएको हिमालको फेदिलाई लुकेर रहेको गुरुङ संस्कृति प्रस्तुत गरेर गरम बनाएका थिए ।
एकता र विकासका मात्र कुरा गर्ने बारपाकबासीहरू ल्होसारका अवसरमा एक एक आपसमा शुभकामना सटासाट गर्न व्यस्त थिए भने अर्को तिर गाउँमा रहेका बिभिन्न क्लबहरुको आयोजनामा गुरुङ संस्कृतिका थुप्रै कार्यक्रम सञ्चालन भएका थिए । गाउँ भरी रहेका नौ वटा वडाका मानिसहरु हिमालको फेदी हिमालय उच्च मावि प्राङ्गणमा जम्मा भएर ल्होसारलाई हर्षौल्लास बनाएका थिए ।
बाघ बर्ष २०६७ को बिधाइ र बिरालो बर्ष २५१९ को शुरुवातलाई उनीहरुले भव्य स्वागत गरेका थिए । गुरुङ सन्सकृति अनुसार अन्त्य हुने वर्षलाई बाघ वर्ष र शुरु हुने वर्षलाई व्ये अर्थात बिरालो वर्ष भनिन्छ ।गुरुङ जातिका सातौ पुस्ताका सन्तान जनिराम गुरुङको सभापतित्वमा भएको कार्यक्रममा गाउका प्रतिष्ठित व्यक्तिहरु क्लबका अध्यक्षहरु र अन्य गन्यमान्य व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम गौतम गुरुङ्को सञ्चालनमा भएको थियो । प्रत्येक वर्ष १५ पुषको अवसरमा मनाइने ल्होसार वर्ष गोर्खाको बार्पाकमा गुरुङ सन्स्कृतिको पुरानो चलन अनुसार मनाइने गरिन्छ । कार्यक्रममा सन्स्कृतिका मारुनी नाच सालैजो चुड्का असारे नाच तथा धामिझाँक्री सम्बन्धी प्रदर्शन गरिएको थियो ।

