तराई मधेश लोकतान्त्रिक पार्टी विभाजित

पुस १६ काठमाडौँ
तराई मधेश लोकतान्त्रिक पार्टी विभाजित भएको छ । पार्टी महामन्त्री तथा उद्योगमन्त्री महेन्द्र राय यादवको नेतृत्वको असन्तुष्ट सभासदहरुको समुहरुले पार्टी विभाजित गरेका हुन् । विभाजित पार्टीको नाम तमलोपा (नेपाल) नामक नयाँ पार्टी गठन गर्ने तयारी गरेको जनाएको छ ।
उनीहरुले शुक्रबार विहान सभामुख सुभास नेम्वाङसँग नयाँ पार्टी र संसदीय दल दर्ताको विषयमा परामर्शसमेत गरेका थिए । राय यादवले आफूसंग ९ जना सभासद रहेको दावी सहित शुक्रबार सभामुख सुवास नेम्वाङलाई भेटेर पार्टी विभाजनको जानकारी गराएका हुन । राय यादवसंगै उद्योगराज्य मन्त्री दानबहादुर चौधरी, सभासदहरु गोविन्द चौधरी, अरविन्द साह, सुमित्रा यादव, अर्मिला महतो, रमणी राम, मो। सल्लाउद्दिन र चन्दन साह नयाँ पार्टीमा आएको राय निकटले दावी गरेको छ ।
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार नेपाल लोकतान्त्रिकबाट अलग्गिएर सभासद सन्जय साहले मधेसक्रान्ति फोरम गठन गरेको एकसाता पछि अर्को मधेसवादी दल तराई मधेस लोकतान्त्रिक पार्टी विभाजित भएको छ ।

Leave a Reply