सीमा जोडिएका गाविसमा हेल्प डेक्स

इलाम, १९ माघ । नगरपालिकासँग सिमाना जोडिएका गाविसमा अर्गानिक कृषि प्रणालीको विकासका लागि हेल्प डेक्स स्थापना गरिने भएको छ ।

नेपाल सरकारबाट स्वीकृत प्राङ्गारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्डसम्बन्धी निर्देशिका–२०६४ अभिमुखीकरण कार्यक्रम आयोजना गरी सहयोगका लागि सरोकारवाला निकायसँग अनुरोध गरिएको छ ।


नपासँग सिमाना जोडिएका बरबोटे, नामसालिङ, शान्तिडाँडा, गोदक, सोयाक, साङरुम्वा, सोयाङमा हेल्प डेक्स स्थापना गर्न लागेको हो ।

यसका लागि प्राविधिक सहयोग गर्न जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, इलाम उद्योग वाणिज्य सङ्घ र आधुनिक कृषि सेवा सहयोग केन्द्र इलामलाई अनुरोध गरिने भएको छ ।

Leave a Reply