पूर्वमा भूकम्पले ३ घरमा क्षति

चैत १५,
बुधबार बिहान आएको भूकम्पले ताप्लेजुंगमा ३ घरमा क्षति पुर्‍याएको छ ।

बिहान ५ बजेर २५ मिनेटमा आएको भूकम्पबाट खेवांग ४ का ओदराज दहाल, गायत्री पौडेल र बथलीदेवी भट्टराईको घरमा क्षति पुगेको हो । भूकम्पले घरको भित्ता भत्किएको स्थानीय रश्मि आचार्यले बताउनुयो ।

झापा र मोरंगको सिमावर्ती क्षेत्रमा केन्द्रविन्दु रहेको ५.२ रेक्टर
स्केलको भूकम्प गएको भूकम्व मापन केन्द्रले जनाएको छ ।

मोरंग, झापा, सुनसरी, सिरहा, सप्तरी, उदयपुर, इलाम, पाँचथर, ताप्जेजुंग लगायतका पूर्वका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भारतको बिहार तथा पश्चिम बंगाल क्षेत्रमा पनि भूकम्पको उस्तै धक्का महसुस भएको बताइएको छ ।

ताप्लेजुंगमा गत असोज १ गतेको भूकम्पबाट बिचल्लिमा परेकाहरु आज बिहानको भूकम्पको धक्का आउनासाथ घर बाहिर निस्किएर खुला ठाँउतर्फ भागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुंगले जनाएको छ । ताप्लेजुंगका यसअघिको भूकम्पमा पिडीत बनेकाहरुअ्झै पनि पालमुनीनै बसिरहेको अवस्था छ ।

Leave a Reply