राहतबाट वञ्चित पीडित शरणार्थी महिलाहरुले तत्काल राहत पाउनु पर्ने माग गर्दै आमरण अनसन शुरु गर्ने



कार्तिक २८ इलाम । परिचय पत्र तथा राहतबाट वञ्चित पीडित शरणार्थी महिलाहरुले तत्काल राहत पाउनु पर्ने माग गर्दै भोलिदेखि आमरण अनसन शुरु गर्ने भएका छन् ।

परिचय पत्र उपलव्ध नगराएको कारण धेरै बृद्धबृद्धा शरणार्थीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा उपचार तथा औषधी प्राप्त गर्न नसकेको कारण अकालमा ज्यानसम्म गुमाउन बाध्य भएको भन्दै आफ्ना मागहरु सुनुवाई नभएसम्म अनसन जारी राख्ने समूहले जानकारी दिएको छ ।

समूहकी संयोजक दुर्गादेवी विष्टले हस्ताक्षर गरी प्रेशित गरेको विज्ञप्तीमा परिचय पत्र र राहत पीडित शरणार्थीको माग पूरा गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला दातृ निकायमा निवदेन दिइएको बताइएको छ ।

नेपाल मानव अधिकारकर्मी, शरणार्थी अगुवा लगायत पीडितहरुको सामुहिक अन्तकृया कार्यक्रमपछि भोलिदेखि बेलडाँगी २ मा अनसन बस्ने तयारी पूरा गरेको समूहका सल्लाहकार आरवी सुव्वाले बताए । समूहले स्थानीय बुद्धिजीवि, नेता तथा मानव अधिकारकर्मी र संचारकर्मीलाई सहयोगको लागि विज्ञप्तीमा अपील समेत गरेको छ ।

Leave a Reply