मङ्सिर ६ इलाम । माओवादी लडाकुहरुको पुनर्वर्गीकरणको प्रकृयाका बारेमा जानकारी लिन शान्ती मन्त्री सत्या पहाडी र लडाकु कमाण्डर नन्दकिशोर पुन इलामको चुलाचुली स्थित प्रथम डिभिजनमा आइपुगेका छन्।
शान्ति प्रकृयाको मुख्य कडीका रुपमा लिइएको लडाकु समायोजन प्रकृयामा सकृयतापूर्वक सहभागी हुन मन्त्री पहाडीले लडाकुहरुलाई आग्रह गरिन् । उनले लडाकुहरुले स्वविवेकका आधारमा निर्णय गर्न सक्ने बताइन ।
त्यस्तै लडाकु कमाण्डर पुनले सबै माओवादी लडाकुहरुले सकृयतापूर्वक समायोजनमा सहभागी भएको धन्यवाद दिएका थिए ।
य
सैबिच माओवादी सेनाका लडाकुहरुको पुनबर्गिकरणमा आज तेस्रो दिन १ सय ७६ जना सहभागी भएका छन् । तीमध्ये १ सय ६ जनाले समायोजन र ७० जनाले स्वैच्छिक अबकास रोजेका छन् ।
सैबिच माओवादी सेनाका लडाकुहरुको पुनबर्गिकरणमा आज तेस्रो दिन १ सय ७६ जना सहभागी भएका छन् । तीमध्ये १ सय ६ जनाले समायोजन र ७० जनाले स्वैच्छिक अबकास रोजेका छन् ।