ताप्लेजुङ, पाँचथर र इलामका भूकम्पपीडितलाई एभिन्युज टेलिभिजनद्वारा राहत वितरण


कार्तिक १८   मङ्गलबारे (इलाम) । डेढ महिनाअघि गएको विनाशकारी भूकम्पबाट क्षति बेहोरेका घर परिवारलाई एभिन्युज टेलिभिजनले राहत प्रदान गरेको छ ।ताप्लेजुङ, पाँचथर र इलामका भूकम्पपीडितलाई एभिन्युज टेलिभिजनले बिहीबार १० लाख रुपैयाँ राहत प्रदान गरेको हो ।

टेलिभिजनले ताप्लेजुङमा पाँचलाख ७५ हजार, पाँचथरमा एक लाख ५० हजार र इलाममा दुई लाख २० हजार रुपैयाँ राहत प्रदान गरेको एभिन्युज टिभीका इटहरी ब्युरो सुमन गिरिले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा गई सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद रिजाललाई गिरिले राहत रकम हस्तान्तरण गर्नुभएको हो ।

 एभिन्युज टिमले बरबोटे(३ का मानबहादुर विश्वकर्माको परिवारलाई २५ हजार र पुष्प घिमिरेको परिवारलाई पाँच हजार राहत प्रदान गरेको थियो ।भूकम्पबाट बढी प्रभावित घरका परिवारलाई टिभीका तर्फबाट नगद २५ हजारसम्म राहत उपलब्ध गराइएको थियो ।

पीडितका लागि एभिन्युजले डेढ महिनासम्म राहत सङ्कलनका लागि कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो । भूकम्पका कारण इलाममा दुई हजार १९० घरमा क्षति पुगेको सहायक प्रजिअ रिजालले जानकारी दिनुभयो ।

Leave a Reply