इलाम चोक बजारका प्रहरीलाई शौचालय र सुत्ने कोठाको समस्या



पुष ८  इलाम। जिल्ला प्रहरी  कार्यालय इलाम अन्तर्गत इलाम चोक बजारस्थित अस्थायी नगर प्रहरी कार्यालयका प्रहरीहरुलाई विगत लामो समयदेखि शौचालयको अभाव हुँदै आएको छ । नगर प्रहरी कार्यालयको आफनै शौचालय नहुँदा त्यहाँ कार्यरत प्रहरीहरु जिल्ला प्रहरी कार्यालय, जिल्ला विकास समिति, माइस्थान मन्दिरलगायतका स्थानलाई शौचालय बनाउनु परेको बाध्यता सुनाउँछन् ।

समस्या समाधान गर्नका लागि कसैले पनि चासो नदिएको प्रहरीहरुको गुनासो छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरिक्षक विष्णु केसीले भने प्रहरीको आफनै जग्गा नभएको र हाल बस्दै आएको अस्थायी नगर प्रहरी कार्यालयको भवन पनि कम्ती जग्गामा भएकाले समस्या रहेको बताउनुभयो ।

एउटा सानो कोठामा तीन वटा खाटमा ९ जना कोचिएर सुत्नु पर्ने बाध्यता रहेको उनीहरुको गुनासो रहेको छ । 

Leave a Reply