अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री नेपालद्वारा सरकारी सुविधा फिर्ता




मङ्सिर  २३ काठमाडौँ  । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल सरकारको तर्फबाट लिदै आएको सुविधा फिर्तागरेका छन् । उनले मन्त्रिपरिषदको निर्णयबाट आफूलाई दिइएको सरकारी सुविधाको गाडी आजबाट चढ्न छोडेका छन् । 

शुक्रबार विहान नेपाल सरकारका मुख्य सचिव माधवप्रसाद घिमिरेलाई टेलिफोन गरी नेपाले आफूलाई उपलब्ध गराइएको सुविधाको गाडी र सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गरेका थिए ।  ‘मैले नेपाल सरकरको निर्णय बमोजिम दिइएको सुविधा प्रयोग गरेको हु“’– उहा“ले मुख्य सचिव घिमिरेलाई भन्नुभयो– ‘मलाई दिइएको सुविधाको गाडी र सुरक्षाकर्मी अहिले नै फिर्ता लानुस ।’

आज काठमाडौ“को गोठाटारमा मदन–आश्रित स्मृति भवनको उद्घाटन गर्न जा“दा पूर्वप्रधानमन्त्री नेपालले सुविधाको गाडी, पछुवा गाडी र सुरक्षाकर्मी प्रयोग गरेनन । हिजो सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधिस, न्याधिस, सचिव सहितका पदाधिकारीलाई दिदै आएको सुविधा रोक्न आदेश दिएको थियो । 
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, गृहमन्त्रीहरु भीम रावल लगायतकाले सरकारी सुविधा यथावत उपभोग गरिरहेका छन् ।

Leave a Reply