पुस १५ काठमाण्डौ । एकीकृत माओवादीको जारी केन्द्रीय समितिको बैठकमा आज पनि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन बैद्य किरणले पेश गरेको प्रतिवेदनमाथि पक्ष विपक्षमा आरोप प्रत्यारोप जारी रहेको छ । आजको बैठकमा स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि विचार राख्ने क्रम सकिएको छ भने पोलिटब्यूरो सदस्यहरुले भनाई राख्ने क्रम अझै जारी रहेको छ ।
बैद्य पक्षधरहरुले धारणा राख्दै क्रान्तिलाई अध्यक्षको प्रतिवेदनले तुहाएको भन्दै संसोधनबाद र दक्षिणपन्थीको आरोप लगाएका छन । उनीहरुले सरकारको समेत आलोचना गर्दै सरकारले जनताको राहतकोलागी कुनै ठोस काम गर्न नसकेको र यसको कारण पार्टीको छविमै आघात पुगेको दावी गरेका थिए । अध्यक्ष पक्षधरहरुले भने शान्ति र संविधान नै अहिलेको कार्यभार भएकोले जनविद्रोहको चाहना केवल शान्ति र संविधान भाडने षडयन्त्र भएको आरोप लगाएका थिए ।
बैठक भोलि फेरि बस्नेछ । अध्यक्षको प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष वैद्यले फरक प्रस्ताव पेश गर्नुभएपछि अस्तिदेखि माओवादी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना टिप्पणी राख्ने क्रम चलिरहेको छ ।