पुस १५ झापा । छिमेकीलाई ढुङ्गा प्रहार गरी घाइते बनाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।झापाको राजगढ–३ की २५ वर्षीया टिकादेवी कटवाललाई ढुंगा प्रहार गरी घाइते बनाउने सोही ठाउँकी ३० वर्षीया जानुका खड्कालाई प्रहरीले पक्राउ गरेको हो । सामान्य विवादका क्रममा हिजो दिउँसो साढे ११ बजे खड्काले कटुवाललाई ढुङ्गा प्रहार गरी घाइते बनाएकी थिइन्।
घाइते कटवालको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ भने यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।