माघ ६, काठमाण्डु ।।
राष्ट्रिय सहमतिको सरकार गठनको बिषयमा छलफल गर्न बसेको प्रमुख तीनदलका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष सकिएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको प्रमुख तीनदल एकीकृत नेकपा माओवादी, नेपाली कागे्रस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठक भोली विहान फेरि बस्नेगरी टुगिंएको छ । भोली बस्ने बैठकमा शान्ति र संविधानलाइ निश्कर्षमा पु¥याउने
न्युनतम प्रतिबद्धता सहित सरकारको नेतृत्वको दावी पेशगर्ने सहमति भएको एमाले नेता केपी ओलीले जानकारी दिनुभयो । कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माणमा छलफल भएपनि आज निश्कर्षमा पुग्न नसकिएको बताउनुभयो । नियमावली संशोधन मस्यौदा समिति गठन भइसकेको अबस्थामा पूरानो प्रक्रिर्यावाट निर्वाचन हुन नसक्ने दावी गर्नुभयो । उहाँले दुनियामा प्रचलित मान्यतामा रहेर प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने बताउनुभयो । एमाले अध्यक्ष झलनाथ खनालले राष्टिय सहमति सर्वोत्तम विकल्प भएपनि गृहकार्य नपुगेकोले भोली पुनः छलफल गरिने बताउनुभयो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष मोहन बैद्य, कागे्रस सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा, तथा एमालेका तर्फवाट अध्यक्ष खनाल, नेता ओली र उपाध्यक्ष बामदेव गौगम लगायत सहभागि हुनुहुन्थ्यो ।
