माओवादी केन्द्रीय समितिको बैठक सुरु ।।


माघ ६, कोटेश्वर काठमाडौं ।।
पार्टीको आन्तरिक विवादलाई टुङ्गो लगाउन एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक भरखरै सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु बैठकमा सबै विचारलाई खुला रुपमा तलसम्म राख्न पाउने या नपाउने विवादलाई केन्द्रित गरेर छलफल हुनेछ । उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्ना फरक मतलाई पनि तल्लो तहसम्म खुला रुपमा लैजान पाउनुपर्ने माग गर्दै काठमाडौंको प्रशिक्षण बहिष्कार गरेपछि त्यसको पक्ष विपक्षमा विवाद सुरु भएको छ । माओवादी प्रवक्ता दीनानाथ शर्माले आजको केन्द्रीय समितिको बैठकमा यसअघि भएको निर्णयलाई आधार मानेर त्यो विवाद समाधान हुने बताउनुभयो । उहाँले पार्टीको पद्धतिअनुसार विवाद समाधान गर्ने बताउनुभयो । त्यस्तै बैठकमा सरकार गठनका विषयमा यसअघि स्थायी समितिले गरेको निर्णयका
विषयमा पनि केन्द्रीय समितिमा थप छलफल हुनेछ । स्थायी समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वका सरकार गठनका लागि पहल गर्ने सम्भव नभए आफू अनुकूलको सरकारलाई सहयोग गर्ने निर्णय गरेको थियो ।



यसैबीच सरकार गठनका विषयमा नेपाली कांग्रेसले पनि बिहान आन्तरिक छलफल
गरेको छ । संसदीय दलको कार्यालयमा उपलब्भ केन्द्रीय सदस्य र सभासदका बीचमा
भएको छलफलमा भोलिको तीनदलको बैठकमा पनि आफ्नो अडान कायम राख्ने
सहमति भएको नेता अर्जुन नरसिंह केसीले बताउनुभयो ।

Leave a Reply