माओवादी लडाकुलाई सेना समायोजन बिशेष समिति मातहतमा


माघ ८ चितवन ।
 एकीकृत नेकपा माओवादीका लडाकु र उनीहरु बस्दैं आएका शिविर आज चितवनको शक्तिखोरमा बिशेष कार्यक्रम गरि बिधिवत रुपमा सेना समायोजन बिशेष समितिलाई हस्तान्तरण गरिदैंछ । सक्तिखोरस्थित तेस्रो डिभिजनमा शनिबार १२ बजे भएको कार्यक्रमका लागि कार्यक्रममा सहभागि हुन माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लगायतका माओवादीका उच्चतहका नेताहरु चितवन पुगिसक्नु भएको थियो । उहाँका साथै ४ वटै सुरक्षा अंगका प्रमुखहरुलाई लडाकुहरुले स्वागत गरेका छन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले लडाकु र शिविर बिशेष समितिलाई हस्तान्तरण गरिएको घोषणा गर्नु भयो । त्यसपछि प्रधानमन्त्री एवं बिशेष समितिका अध्यक्ष माधवकुमार नेपालले लडाकु र शिविर समिति मातहतमा आएको घोषणा गर्नुभयो । गृहमन्त्री भिम रावलका अनुसार समिति मातहतमा आए लगत्तै सेनाहरुले सरकारप्रति प्रतिवद्ध भएको सपथ खादै सलामी दिएका थिए । कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री, सभामुख सुवास नेम्वाङ, प्रधानशेनापति लगायत सेनाको हेलिकप्टरबाट चितवन प्रस्थान गर्नुभएको  थियो । २०६३ साल मंसीर ५ गते तत्कालीन नेकपा माओबादी र सरकारबीच भएको शान्ति सम्झौता लगत्तै जनसेना ७ मुख्य र २८ सहायक शिविरमा बस्दै आएको छ । हाल अनमिनद्धारा अन्तिमपटक प्रमाणीकरण गरिएका १९ हजार ६ सय २ जनासेना अस्थायी शिविरमा बस्दै आएका छन् । यसअघि जनसेना पुर्णरुपमा माओबादी नेतृत्वमा थियो भने सरकारले भत्ता र रसदपानीको व्यवस्था गर्दै आएको थियो । आजको घोषणासँगै जनसेनाले कानुनी र औपचारिक रुपमा सरकार मातहतको सुरक्षा निकायको हैसियत प्राप्त गर्ने छ । भरतपुरबाट १५ किलोमिटरको दुरीमा रहेको तेस्रो डिभीजन शक्तीखोरसम्मको बाटो, आसपासका बनक्षेत्र शिविर भित्र र बाहिर नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले कडा सुरक्षा दिइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले जानकारी दिनुभयो । शिविरभित्रको खेलमैदान चौरमा निर्माण गरिएको विशेष प्रकारको मन्चमा २ सयभन्दा वढी व्यक्ति अटाउनेछन् । शिविर परिसर ध्वजा पताकाले सिँगारिएको छ भने मुख्य प्रवेशद्धारमा विशेष स्वागतद्धार निमार्ण गरिएको छ । समारोहमा युद्धकला, पिटी, परेड, कवाज, मार्सल आर्ट र साँस्कृतिक कार्यक्रमको समेत प्रदर्शन गरिने शिवीरले जनाएको छ । त्यसैगरी विशिष्ट व्यक्तिको सलामीका लागि समेत २ सयभन्दा वढी जनमुक्ती सेनाले तयारी गरेको शिविर स्रोतले जानकारी दिएको छ ।

Leave a Reply