माघ ८ दाङ ।
रोटरी क्लब अफ पाटन दरबार स्क्वाएर काठमान्डौबाट उपलब्ध सामग्री आज दाङका मस्तिष्क पक्षाघात भएका अपाङग बालबालिकाहरुको लागि बितरण गरीएको छ । आज बिहान तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी रोटरी क्लब अफ तुलसीपुरले दाङका १५ बिद्यालयका अपाङ्ग बालबालिकाको लागि उपलब्ध गराएको सामग्री हस्तान्तरण गरेको हो । दोस्रो चरण अन्त्तरगत आज अपाङगले प्रयोग गर्नै बिषेश किसिमका ८ थान कुर्सी, १ थान शौचालय प्यान बितरण गरीएको हो ।
दाङमा निजी र सामुदायिक बिद्यालयमा गरी कुल १७ जना मस्तिष्क पक्षाघात भएका अपाङग बालबालिका रहेको बताइएको छ ।
