अनिश्चितकालिन तालाबन्दीका कारण जिविसको कामकाज ठप्प ।।


मिना बुढाथोकी,रेडियो राप्ती,सल्यान
  माघ ५ सल्यान ।।
जिल्ला बिकास समिति सल्यानमा कर्मचारीहरुले गरेको अनिश्चितकालिन तालाबन्दीका कारण जिविसबाट हुने सम्पूर्ण कामकाज ठप्प भएका छन् । विभिन्न ६ सूत्रिय माग सहित जिविसका कर्मचारीहरुले हिजोदेखि जिविस सल्यानमा अनिश्चितकालिन तालाबन्दी गरेका थिए । साउन महिना देखि अस्थायी कर्मचारीले तलव भत्ता नपाएको, रिक्त दरवन्दीमा पदपुर्ति नगरिएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार कर्मचारी नराख्न त्रृटिपुर्ण निर्णय गरेको र स्थानिय बिकास कोषका कर्मचारीलाई स्थानीय निकायमा समाबेश नगरेको, भन्दै उनीहरुले अनिश्चितकालिन तालाबन्दी गरेको बताएका छन् । यसैबीच नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सल्यानमा अाँखा उपचार गरीने भएपनि जानकारीको अभावमा न्यून मात्रामा विरामी पुग्ने गरेका छन् ।  अहिले दैनिक ४, ५ जना आँखाका बिरामी मात्र आउने गरेको अाखा उपचार केन्द्रका प्रमुख पदमराज पन्तले जानकारी दिनुभयो ।

Leave a Reply