रमेश भट्टराई । घोडाघोडी एफ.एम.
माघ ५ अत्तरीया कैलाली ।।
ग्रामीण विद्युत सहकारी संघ लिमिटेड कैलालीको सूचिकृत ऋण मिनाहा संघर्ष समितिले आजदेखि कैलालीमा अनिश्चितकालिन चक्काजामको घोषणा गरेको छ । चक्काजामका कारण कैलाली जिल्लमा छोटो तथा लामो दुरीका सवारी साधान सञ्चालनमा आउन सकेका छैनन । चक्काजामका कारण सवारी साधान सञ्चालनमा नआएपछि ठाउँ ठाउँमा यात्रुहरु अलपत्र परेका छन् । सुदुरपश्चिम वस व्यवसायी समितिले विहान लामोदुरीका सवारी साधान पठाए पनि दिउँसो देखि कुनै पनि सवारी साधान पठाएको छैन । प्रहरीले भने स्कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने जनाएको छ । ग्रामिण सहकारी संस्थाहरुमाथि अवैज्ञानिक, अपारदर्शीरुपमा लादिएको सूचिकृत ऋण निशर्त मिनाहा गर्नुपर्ने र लोडसेडिङको अन्त्य हुनुपर्ने माग राख्दै आजदेखि कैलाली जिल्ल्लामा अनिश्चिकालिन चक्काजामको घोषणा गरिएको हो । तीन महिनादेखि आन्दोलन गर्दा पनि आफूहरुको माग प्रति राज्यले कुनै सुनुवाई नगरेपछि बाध्य भएर चक्काजाममा उत्रिएको सुचिकृत ऋण मिनाहा संघर्ष समितिका संयोजक कृष्णबहादुर खत्रीले बताउनुभयो ।

चक्काजामका क्रममा मानवअधिकार, एम्बुलेन्स, पत्रकारका सवारी सधान भने चल्न दिने र चक्काजामको अवज्ञा गरी चलाईने सवारी साधानमाथि हुने जुनसुकै घटनाको जिम्मेवारी आफू स्वयं सवारी धनीले लिने खत्रीले बताउनुभयो ।