माघ ८, ट्युनेसिया ।
ट्युनिसियाका प्रधानमन्त्री मोहम्मद गनौचीले आउने ६ महिनाभित्र मुलुकमा राष्ट्रपतिय चुनाव गराउने बताउनु भएको छ । निर्वासित राष्ट्रपति जाइन अल अवेदिन बेन अलि सम्बद्ध पार्टीको विरोधमा राजधानी ट्युनिशमा लगातार आन्दोलन भएपछि उहाँको पछिल्लो भनाई बाहिर आएको हो । आक्रोसित प्रदर्शनकारीलाई आन्दोलन त्याग्न आग्रह गर्दै उहाँले केही समयमै निर्वाचन सम्पन्न गरिएपछि आफू पनि राजनितिबाट हट्ने जानकारी दिनुभयो । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उहाँले यस्तो बताउनु भएको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीले जनाएका छन । राजधानीमा अहिले पनि प्रदर्शनकारीले बेन अलिसंग सम्बन्ध राख्ने सबै राजनितिक दलले सत्ता छोड्नु पर्ने माग राख्दै आएका छन ।