माघ ८ इस्तानबुल ।
इरानको आणविकसम्बन्धि विवादास्पद विषयमा विश्वका ठूला राष्ट्रसँग भएको वार्ता निकै सकारात्मक भएको इरानी अधिकारीले बताएका छन । इरानको तेहरानस्थित आणविक कार्यक्रमका सम्बन्धमा नयाँ चरणको वार्ता सुरु भएको हो । इस्तानबुलमा सुरु वार्तामा इरानले आफ्ना युरेनियमको सट्टामा अन्य सामग्री मुलुक भित्राउने बारे कुराकानी गरेको थियो ।
