विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ३ जनाको मृत्यु


माघ ८ अल्बानियाँ ।
अल्बानियाँको राजधानी तिरानामा वर्तमान सरकारको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएका विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ३ जनाको मृत्यु भएको छ । ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री इर मेता सहभागी भएको सरकार, सत्ताबाट हट्नुपर्ने भन्दै विपक्षी समाजवादी दलका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् । राजधानीमा २० हजार कार्यकर्ता र दलका समर्थकहरु विरोध रयालीमा सहभागी भएको क्रममा गरिएको प्रदर्शन नियन्त्रण गर्न खोज्दा प्रहरसिंग झडप भएको हो । विपक्षी दलले वर्तमान सरकारलाई भ्रष्टाचारी र शक्तिको दुरुपयोगको आरोप समेत लगाएको छ ।

Leave a Reply