मलेसियामा बैधानिक बन्ने अवसर १८ जुलाई सम्म सर्‍यो

 रुसाहाङ चेम्जोङ ।
 असार २३ क्वालालम्पुर  जुलाई ११ देखि शुरु हुने भनिएको मलेसिया सरकारले अबैधानिकहरुका लागि ल्याएको बैधानिक बन वा घर र्फक (P6) कार्यक्रम एक हप्ताको लागि अर्थात जुलाई १८ सोमबार सम्मलाई सरेको छ । अवैधानिक विदेशी कामदारहरुलाई वैधानिक बनाई काम लगाउने वा घर र्फकन मौका दिने कार्यका लागि औंठा छाप सहित लगत संकलन गर्ने र दर्ता प्रकृया शुरु गर्ने तयारी गरिरहेको कुरा स्थानीय पत्रिका दि स्टारले जनाएको छ ।मलेसियाको गृहमन्त्रालयले शुरुमा दुई हप्ताको समय तोकेको भए पनि एक महिना सम्म दर्ता प्रकृया रहन सक्ने बताइएको छ ।




अवैधानिकहरुले दर्ता गर्दा आरएम तीन सय देखि पाँच सय सम्म शुल्क बुझाउनु पर्ने र श्रमिकहरुका लेवि, मेडिकल चेक अफका लागि पनि शुल्क तिर्नु पर्ने कुरा दि स्टारले जनाएको छ ।


गृहमन्त्रालयाका अनुसार २५० कम्पनिहरुलाई नियुक्ति गरिएको छ भने ३५ वटा अध्यागमन कार्यालयहरु तोकिएको छ ।

Leave a Reply