असार २३ इलाम। जिल्ला अस्पताल इलाममा ३ जना डाक्टरको स्थायी दरबन्दी भएपनि दुई जना डाक्टर करिब अढाइ वर्षदेखि अस्पतालमा उपस्थित भएकाले विरामिहरु मर्कामा परेका छन् । स्थायि दरवन्दि भएका दुई जना डाक्टर अस्पतालमा कार्यरत नभएपनि उनीहरुले तलव भने खाँदै आएका छन् ।
अस्पतालमा डाक्टर रुद्रप्रसाद मरासिनी र डाक्टर यज्ञराज खरेल विगत अढाइ वर्षदेखि अस्पतालमा नआएको जिल्ला अस्पताल इलामको प्रशासन शाखाले जनाएको छ । अढाइ वर्षदेखि कामै नगरि लामो समयसम्म विदामा बस्न नमिल्ने भएपनि लापार्वाहिको कारण यस्तो भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा हाल स्थायि दरबन्दीका एक जना मेडिकल सुपरिडेन्डेट तथा डाक्टर तारानाथ पाख्रेल मात्र कार्यरत हुनुहुन्छ ।
समयमा बिरामीले उपचार नपाउँदा कमजोर आर्थिक अवस्था भएकाहरु उपचारै नगराइ घर फर्कन बाध्य हुने गरेका छन् । इलाम अस्पतालमा पाँचथर, ताप्लेजुङ्ग र तेह«थुमसम्मका बिरामीहरु आउने गरेका छन् ।