पुस १७ इलाम । उत्तरी इलामको जमुनास्थित इङ्गलाका महिलाहरुले सामुदायिक भवन निर्माणमा जुटेका छन् । जमुनाको वडा नम्बर ८ र ९ का महिलाहरुले स्थानीय सप्तरंगी महिला कृषि सहकारी संस्थामार्फत भवन निर्माणमा जुटेका हुन् । भवन निर्माणको लागि मेघ बर्मे भञ्ज्याङ्गमा २० हजार रुपैंयामा जग्गा खरीद गरेको सहकारी संस्थाकी गोपिका गुरुङ्गले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि सहकारी संस्थामा आवद्ध सदस्यहरुबाट दैनिक २० देखि ३० जनाले श्रम गर्ने गरेको संस्थाकी अध्यक्ष ललीता राईले जानकारी दिनुभएको छ । विभिन्न संस्थाहरुसमक्ष भवन निर्माणका लागि पहल गरिदिन आग्रह गरेको भएपनि कसैले सहयोग नगरेकाले महिलाहरुले श्रमदानबाटै भवन निर्माणमा जुटेको हेमकला राई बताउनुयो ।