पुस १७ रौतहट । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शान्ति प्रक्रिया र संविधान निर्माणको मुख्य बाधक वर्तमान सरकारका प्रधानमन्त्री र उनको पार्टी भएको आरोप लगाएका छन् । नेता नेपालले रौतहटको गंगापिप्रा गाबिसमा आयाजित शितलहर पिडितलाई राहत बितरण कार्यक्रमपछि संञ्चारकर्मीहरुसँग यस्तो कुरा बताउनु भएको हो ।
यो सरकारले शान्ति प्रक्रिया र संबिधान बनाउने काम पुरा गर्न नसक्ने समेत उहाँले जिकिर गर्नुभयो । एकिकृत नेकपा माओवादी र बर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्राई सरकारले संबिधान बनाउने बिषयमा बिभिन्न बाहाना बनाएर आलटाल गरेको समेत पूर्व प्रधानमन्त्री नेपालको भनाई रहेको थियो ।
नेता नेपालले यो सरकारले नै शिबिरमा रहेका लडाकाहरुलाई पुनःस्थापना गर्न ढिलाई गरेको समेत उहाँले आरोप लगाउनुभयो । नेकपा एमाले पार्टीले मात्र छिटो भन्दा छिटो संविधान निर्माण होस् र शान्ति प्रक्रिया पुरा होस् भन्ने चाहाना राखेको बताउनु भयो । नेता नेपालले स्थानीय समाजसेवी बुनेश्वर शाही, रौतहट विकास गुठी र रौतहट–काठमाण्डौ सम्पर्क मञ्चले उपलब्ध गराएको कम्बल स्थानीय गंगापिप्रा, भलहोईया र मत्सरीका बिपन्न दलितहरुलाई बितरण गर्नुभएको थियो ।
