काठमाडौ, फाल्गुन १५ - राजधानीको बबरमहलस्थित आयल निगमको मूलढोकामा सोमबार दिउँसो विष्फोटन हुँदा मृत्यु हुने दुई जनाको नाम ठेगाना खुलेको छ । प्रहरीका अनुसार अझैपनि एक जनाको खनाखत हुन सकेको छैन ।
त्यसैषरी घाइते हुनेहरुमा ३५ बर्षका सोम तामाङ (गम्भिर घाइते), भक्तपुर ताथली-४ बस्ने वर्ष ४५ का रघुनाथ खड्का, धादिङ वैरनी-१ घर भएको वर्ष- ६५ का लाल बहादुर तामाङ, कैलाली धनगढी बस्ने बर्ष- ४० को विण्णु फुलारा, ललितपुर लुभु बस्ने बर्ष- २० को वासु श्रेष्ठ, अछाम मास्टामाण्डौं-२ का ४० बर्षका मान. ब. कुँवर, अछाम मास्टामाण्डौं-२ कै बर्ष २१ को भिम ब. कुँवर रहेका छन् ।
यसैविच प्रहरी प्रधान कार्यालयले ले राजधानीको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार नजिकै भएको विष्फोटको घट्नाबारे छानविन गर्न नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख डिआईजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा छानविन समिति गठान गरेको छ । बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको विष्फोतमा तीन जनाको मृत्यु भएको छ ।
समितिमा एसएसपीद्वय केदारसिंह भण्डारी,देवेन्द्र सुवेदी तथा एसपी सुवोध घिमिरे रहेका छन् । गृहमन्त्रालयमा मन्त्रालय तथा नेपाल प्रहरीका उच्च अधिकारीहरुको उपस्थितिमा घटनाबारे गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको छ ।
महानगरी प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी कुवेरसिंह रानाले इलेक्ट्रोनिक डिभाइस प्रयोग गरी उक्त विष्फोट गराइएको बताए । रानाले उक्त विष्फोट शक्तिशाली भएको जानकारी दिए ।रानाले बम विष्फोट गराउन रिमोटको प्रयोग गरिएको आशंका व्यक्त गरेका छन् । विष्फोटमा तीन जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले मृतक मध्ये एकजनाको सनाखत भएको र अन्यको हुन बाँकी रहेको जनाएको छ ।
एआईजी रानाले घट्नाको सुक्ष्म अनुसन्धान गरी विष्फोट गराउने व्यक्ति नजिक पुग्ने प्रयास भइरहेको र त्यसका लागि सम्पूर्ण सुरक्षा निकायहरु परिचालित भएको बताए । गृहका प्रवक्ता शंकरप्रसाद कोइरालाले घट्नामा ६ जना गम्भीर घाइते भएको जानकारी दिएका छन् ।
गृह मन्त्रालयले घाइतेहरुको उपचार खर्च सरकारले व्योहर्ने जनाएको छ । त्यस्तै मन्त्रालयले घट्नाबाट विचलित नभई सधाझैं सुरक्षा व्यवस्था कायम राख्न धैर्यता पूर्वक सहयोग गर्न राजनीतिक दल,नागरिक समाज, प्रेस जगतलाई आग्रह गरेको छ ।
यस्तै प्रहरीले केहि शंकास्पद व्यक्तिहरुलाई गिरफ्तार गरेको छ।
.jpg)