घुस लिँदा लिँदै वन राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव (पीए) समातिए

काठमाडौं, फाल्गुन १७ - ५० हजार रुपैयाँ घुस लिँदा लिँदै वन राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव (पीए) समातिएका छन् ।प्रहरी नायब उपरीक्षक (डीएसपी) लालमणि आचार्य नेतृत्वको टोलीले सिंहदरवार पूर्व दक्षिण हनुमानस्थानस्थित पीस प्वाइन्ट रेस्टुरेन्टबाट वन राज्यमन्त्री महतोका पीए नागेन्द्र यादवलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

यादवले घुस लिँदै गरेको सूचनाको आधारमा अख्तियार प्रतिनिधिसहित प्रहरी टोली परिचालित थियो। प्रहरीले पक्राउ गरेपछि उनले 'फेन्ट' भएको बहाना गरे । वनमन्त्री मुहम्मद वकिल मुसलमान भने लाङटाङ राष्ट्रिय निकुञ्ज भ्रमणमा छन् । यादव पहिलेदेखि नै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको बताइएको छ ।


Leave a Reply