गुरू मन्त्र र शिष्य -Article by NP Rijal

एन. पी. रिजाल,

भन्निछ ज्ञान जति बाँडो त्यती नै बढ्छ । आफूभित्र ज्ञानलाई दवाएर राखो भने यो सीमित ठाउँमा नै हराएर जान्छ । यो भौतिक शरीर नास भएर गए पछि व्यक्तिभित्र लुकेर रहेका प्रतिभाहरु पनि नास हुन्छन । त्यसकारण ज्ञानलाई जति सक्दो बाँड्नु आवश्यक छ । यो भनाई कतिको सान्दर्भिक छ  त ? त्यसको उत्तर दिनु पूर्व हामी एक पल्ट आफूलाई एैनामा हेरौ त ? के साँचिकै हामीले आफूभित्रको ज्ञान अरुलाई बाँड्ने गरेका छौँ त ? पक्कै पनि छैन ।

    हो त्यही कमी भएकै कारण हामी मध्ये घेरै आफूभित्र  ज्ञानको भण्डार भएर पनि गुरु बन्न सक्दैनौ । किनकी, गुरुसंग अरुलाई केही कुरा सिकाउन सक्ने कला हुन्छ । जुन कला कतिपय व्यक्तिमा ज्ञानको अभाव भएर पनि हुन सन्छ । तर ज्ञान भएर पनि कला नहुने शिक्षकहरुले प्रदान गर्दे मन्त्र कतिको प्रभावकारी हुन्छ ? त्यसको मूल्याङ्कन गर्न विधिमा उसका शिष्यहरुको प्रतिकृया पनि हो । शिष्यले ज्ञान पायो र बुझ्यो भने गुरु सफल भयो । नत्र त्यो गरु बन्न सकेन  ।

    महाभारतमा कौरव तथा पाण्डवका गुरु दोर्णचार्य सामु एक किराँत एकलब्य शिष्य बन्न आएका थिए । उनको विलक्षण प्रतिभा देखेर दोर्णचार्यले आफ्ना प्रिय शिश्य अर्जुनको स्थान हराउने भयले उनलाई ज्ञान दिन तयार भएनन । तर एउटा ज्ञानको भोको शिष्य  दोर्णचार्यको माटाको मुर्ती बनाएर भए पनि गुरुको आधार मानी ज्ञान लिएरै छाडे ।  तर स्वार्थी  दोर्णचार्यले गुरु दक्षिणाको रुपमा  एकलब्यको बुढी औँला मागे । एक गुरु भक्त शिष्य गुरुलाई औँला दान गर्न पछि परेन ।
    मन्त्र आफै शिष्यको पोल्टामा जान नसक्ने कारण एकलब्य माटोको मुर्तीलाई गुरु मान्न बाध्य बनेको यो पौरार्णिक घटनाको शान्दर्भिकता आज पनि उतिकै रहेको छ । गुरु र शिष्य बीचको  खाल्टो  आज हामी मन्त्र प्रवाहमा आएको कमिको रुपमा देखेका छौँ । कतिपय शिक्षकहरु आफूमा भएको ज्ञान बाँडन चाँहदैनन । बाँडी हाले पनि शिष्यहरुको छनौट गर्ने गर्दछन । त्यसले वास्तवमा नै शिश्य संगको सम्बन्धमा तनाव ल्याउने गर्दछ । ठूला निजी विद्यालयहरुमा लिइने प्रवेश परिक्षाले कम्जोर विद्यार्थी सधै राम्रा गुरुहरुबाट ज्ञान  लिन बञ्चित हुन्छ ।  आज विद्या दान  जीविको पार्जनका लागि गर्नु पर्ने कारण ज्ञानको आदन प्रदान सेवामुखी होईन  पैसा आर्जन मुखी बनेको छ । नत्र भोकयुद्ध जस्तो भयानक अवस्ता तिर मोडिनु पर्ने हुन्छ या अर्को विकल्प तिर जानु पर्दछ ।

    अर्काेतिर, पढाउने कुरा कक्षा कोठा भित्र गएर गफ लडाउनु र आफूलाई मन परेको शिष्यलाई मात्र पढाउनु होईन । किनकी सधै एकलब्य जस्ता शिष्य हुदैनन । गुरुबाट ज्ञान नपाए मुर्तीेलाई गुरु मानी स्वअध्ययन गर्ने अवस्था पनि आजको समयर्मा  छैन ।  
आज प्रविधिको प्रयोगले स्वअध्ययन गर्ने काम धेरै सजिलो भएको छ । तर गुरु शिष्यको आँखामा सधै आझेलमा पर्ने गर्दछ । अध्ययनको क्रममा तिरेको शुल्कले ऊ गुरुसंग दिन प्रतिदिन टाडिदै जाने गर्दछ । त्यसकारण मन्त्र गुरुको मुखबाट नै लिएको भए पनि समयान्तरमा गुरु एक स्थानमा गुरुको रुपमा  आफ्नो जीवन समाप्त गर्छ तर भर्खर कखरा सिकेर मैले  पढेर ठूलो भई केही बन्नु पर्छ भन्ने मानसिकता बोकेको शिश्य भविश्यमा गुरु भन्दा निकै ठूलो स्थानमा पुन्छ ।
    मन्त्रको प्रवाह जुन एक पुस्ताबाट अक्र्रो पुस्तामा जान्छ त्यो वास्तवमा नै  परिस्कृत भएर जाने गर्दछ । त्यसकारण आफूभित्रको ज्ञानलाई बाँडन   नचाहनु  अथवा बाँड्दा पनि शिष्यहरुको छनोट गर्नु
वास्तवमा नै ज्ञानलाई सम्भावित परिस्कत हुनबाट बँन्चित गराउनु हो । यस्तो मानसिकता भएका गुरुहरुले सही रुपमा ज्ञानको सदुपयोग गर्न सक्दैनन् ।
    अर्काृेतिर, शिश्य ज्ञानको भोको छ भने मन्त्रको राम्रोसंग  दोहन गर्न सक्दछ । तर आज एकलब्य जस्ता ज्ञानका भोका शिश्यहरु पाउन  निकै कठिन छ । किनकी, अवसर भएर पनि उनीहरुको मानसिकता ज्ञान कसरी आर्जन गर्ने भन्दा पनि ज्ञानबाट कसरी पन्छिने प्रवित्तिको हुँदै गएको छ । उनीहरुले बुझेको शिक्षा भनेको वास्तविक शिक्षा होइन । त्यसबाट टाडा रहेको शिक्षा हो । त्यसकारण फेसनको रुपमा रहेको शिक्षाको अवधारणामा परिवर्तन ल्याउनु आवश्यक  छ । गुरुले सही शिक्षा नै प्रदान गर्न सकेन भनी दोष लगाउन अगाडी सर्ने प्रवृत्तिको विकास भएका शिश्यहरुलाई मन्त्र दिनु बालुवामा पानी खन्याउनु मात्र  हो ।
    अव के चाँही हो त वास्तविकता ? आफूलाई गुरु भनेर नाक ठाडो पार्नेहरु र  ऊ त्यो पनि गुरु हो र भनी मुख लोप्याउने शिश्यहरु बीचको खाडल आज दिनप्रतिदिन बढ्दै गईरहेको छ । किनकी, विकल्पहरुको साथमा रहेका गुरुहरु सधै आफूलाई गुरु भनाउन प्रयत्न गर्दैनन । तर शिष्य जो सदैव राम्रो गुरुको खोजिमा भौतारिरहे पनि एकलब्य जस्तो मन्त्रको सही रुपमा दोहन गर्न सकेन भने ऊ अन्यमा थाकेर भचक्क बस्छ । अनि कुरा रह्यो मन्त्रलाई परिमार्जन गर्ने कुरा , त्यो त करौडोमा एउटा शिश्यले मात्र गर्न सक्छ । अरु त  उसका उपासक मात्र हुन, ज्ञानका प्रवर्तक हैनन । यसकारण म कुनै कुराको ज्ञाता हुँ भन्दा पनि आफूलाई कसैको एक उपासक हुँ भन्नु अति उत्तम हन्छ । उपासकले त्यसलाई सही रुपमा प्रयोग मात्र गर्न सक्दछ तर नयाँ ज्ञानको सिर्जाना गर्न सक्दैन ।

Leave a Reply