माओवादी इमान्दार भए जेठ १४ मा शान्ति र सविधान सुनिश्चित : काङ्ग्रेस सभापति कोइराला

बैशाख २८ नेपालगाज । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले माओवादीले चाहेमा जेठ १४ गतेभित्रमा शान्ति र सविधान सुनिश्चित हुने ठोकुवा गर्नुभएको छ । आज बिहान प्रेस युनियन बाँकेले गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले माओवादीको लडाकु समायोजन र हतियार व्यवस्थापन गर्न सके जेठ १४ मा संविधान र शान्ति सुनिश्चित हुने बताउनुभएको हो । उहाँले माओवादीले नै सविधान बनाउन नचाहेको आरोप लगाउँदै जेठ १४ पछि देशमा भयाभह स्थिति सृजना हुने उल्लेख गर्नुभयो । उहुले माओवादीले अहिलेसम्म पनि विश्वासिलो कुनै पनि काम नगरेकोले आफ्नो व्यवहारमा सुधार नगरे राणाशासन र राजतन्त्र जस्तै माओवादी पनि समाप्त भएर जाने उल्लेख गर्नुभयो ।

Leave a Reply