क्षेत्री समाजको बन्दले ३ अाचलको जनजीवन प्रभावित सुरक्षा व्यवस्था कडा



बैशाख २८ पोखरा । क्षेत्री समाज नेपालले आह्वान गरेको एक दिने पश्चिमााचल बन्दको कारण पश्चिमााचलका गण्डकी धौलागिरी र लुम्बिनी अाचलको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि पोखरा तानसेन स्याङजालगायतका स्थानबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् भने पसल कलकारखाना शैक्षिक संस्था पनि ठप्प छ ।

कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीहरु बन्दको प्रत्यक्ष मारमा परेका छन् । बन्दकर्ताहरु आज बिहानैदेखि पोखराको चोकचोकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । जेठ १४ भित्रै संविधान निर्माण क्षेत्रीहरुलाई आदिवासीको सूचीमा सुचिकृत गर्नुपर्ने जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आरक्षणको खारेज प्राकृतिक साधन र स्रोतमा अधिकारलगायतका मागहरु अगाडि सार्दै क्षेत्री समाजले बन्द आह्वान गरेको हो । बन्दको बेला प्रेस मानवअधिकारवादी दुध बोक्ने गाडी एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधनलाई भने चल्ने दिइने क्षेत्री महिला समाज पोखरा नगर समितिकी अध्यक्ष मन्दरा ढकालले जानकारी दिनुभयो । बन्दको बेला कुनै पनि अपि्रय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको कास्की प्रहरीले जनाएको छ । बन्दको असर स्याङजा पर्वत तनहुँ लमजुङ म्याग्दी बागलुङलगायतका जिल्लाहरुमा पनि परेको छ ।

Leave a Reply