अदुवाको मुल्य नबढ्दा इलामका किसानहरु मर्कामा


कार्तिक २० इलाम । इलामका किसानहरुले प्रमुख नगदेबालीको रुपमा लगाउँदै आएको मसलाजन्य कृषि उत्पादन अदुवाको भाउ गत वर्षको तुलनामा अत्यन्तै कम भएपछि अहिले किसानहरु समस्यामा परेका छन् ।

प्रतिमन दुई हजारदेखि दुई हजार दुई सय रूपैंया सम्ममा बिउ किनेर अदुवा खेती गरेका इलामका किसानहरुले यो सिजनमा प्रतिमन चार सयदेखि पाँच सय पचास रुपैँया सम्ममा मात्र बिक्री गर्नु पर्दा ठूलो घाटा बेहोर्नु परेको किसानहरुले बताएका छन् ।

पोहोर साल अदुवाको राम्रो भाउ आएकाले यसबर्ष पनि राम्रै भाउ आउने आशामा खेतीयोग्य जमीन मासेरै भएपनि इलामका किसानहरुले दश मनदेखि दुई सय मनसम्म अदुवा रोपेका थिए । तिहार आसपासमा बच्चा अदुवा खनेर आलु रोप्ने किसानले यस बर्ष अदुवाको भाउ ज्यादै कम भएकाले लगानी नै डुब्ने भएपछि बिक्रीका लागि खनिएका अदुवा पनि त्यसै थन्क्याएर राखेको इलाम नामसालिङ्ग-४ का किसान गायत्री काफ्लेले बताउनुभयो ।

४० मन बिउ रोपेका काफ्लेले एक सय ३० मन अदुवा फलाएपनि भाउ नआएपछि अदुवा खनेर पनि गोदाममै थन्क्याउनुपरेको बताउनुभयो ।

Leave a Reply