कार्तिक २१ बेलडाँगी । शरणार्थी युवतीहरूलाई विभिन्न प्रलोभन देखाएर यौन पेशामा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूटानी शरणार्थी शिविर बेलडाँगी ३ सेक्टर वी/३ छाप्रा नं. ५४ की ओम कुमारी विश्वा रहेकी छिन् ।
शरणार्थी युवतीहरूलाई ललाइफकाइ विभिन्न रेस्टुरेन्ट तथा होटलहरूमा लगी यौन पेशामा लगाउने गरेको आरोपमा भूटानी शरणार्थी शिविर बेलडाँगी १ को सशस्त्र सुरक्षा बेश बेलडाँगीले विश्वालाई आज पक्राऊ गरेको हो ।
स्थानीय शरणार्थीको सहयोगमा बेलडाँगीस्थित सशस्त्र प्रहरी बेसले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा बुझाएको सशस्त्र प्रहरी नायव निरीक्षक रुद्रबहादुर खत्रीले बताए ।
विश्वाले बेलडाँगी १ सेक्टर वी/४ छाप्रा नं. ४७६ की मंगली माया राईलाई ललाईफकाई लिएर जान लागेको अवस्थामा पक्राउ गरिएको थियो । विश्वाले यसअघि पनि अन्य युवतीहरुलाई विभिन्न होटल, रेष्टुरेन्टमा लगि यौन पेशामा लगाउने गरेको शरणार्थीहरुले बताएका छन् ।