कार्तिक २१ काठमाडौँ प्रधानमन्त्री डा. बाबुराम भट्टराई र काङ्ग्रेस आईएका नेता एवम् भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष करण सिंहबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँहरुबीच शान्ति प्रक्रिया र संविधान निर्माणलगायत अरु आपसी सम्बन्धका विषयमा कुराकानी भएको छ ।
भेटमा सिंहले नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माणको काम समयमा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिनुभयो । सिंहसँगको छलफलमा प्रधानमन्त्री भट्टराईले आफूले भारत भ्रमणका क्रममा गरेको विप्पा सम्झौतापछि स्वदेशमा लगानी वातावरण बन्ने भएकोले निश्चित भएर नेपालमा लगानी सकिने अवस्था रहेको बताउनुभएको थियो ।