पाँचथरको एक बजारमा आगलागी,ट्याक्टर दुर्घटना तीनजनाको मृत्यु


मङ्सिर १, फिदिम । पाँचथरको व्यस्तमध्येको एक मानिने थर्पु गाविस वडा नं १ मा रहेको दाहाल गाउँमा आगलागी हुँदा एक दर्जन बढी घर जलेर नष्ट भएका छन् । 

पाँचथरका प्रहरी नायब उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार गएराति करिब १२ः०० बजेदेखि आगो लागेको हो । स्थानीय पूर्ण काम्बाङका अनुसार आगो के कारणले लाग्यो भन्नेबारेमा अझै पुष्टि हुन सकेको छैन । स्थानीयवासी र प्रहरीको सक्रियतामा अहिले आगो नियन्त्रणमा लिनेक्रम जारी छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ । 

यसैबीच पाँचथरमा  बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

पाँचथरको थर्पुबाट च्याङ्थापुतर्फ मध्यपहाडी लोकमार्गको सामान लिएर जाँदै गरेको मे१त ७२१२ नम्बरको ट्र्याक्टर ओयाम–३ को स्कुल डाँडा भन्ने स्थानबाट २५० मिटर तल खसेको थियो । 

दुर्घटनामा सिन्धुपाल्चोकका विजय बम्जन, सोमबहादुर सिंह र ओखलढुङ्गाका नाम खुल्न नसकेका कान्छा लामाको घटनास्थलमा नै मृत्यु भएको छ भने पाँचथरका चालक मिलन सिवाकोटी र जोरपोखरीका कालु बम्जन घाइते भएका छन् । 

घाइतेलाई पाँचथरमा उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

Leave a Reply