चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेलाई आज सभासद पदको शपथ

कात्तिक ३०, काठमाडौँ  । सभामुख सुवास नेम्बाङले चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेलाई आज सभासद पदको शपथ गराउनुभयो ।


सभामुखको कार्यकक्षमा आयोजित शपथ कार्यक्रममा उपसभामुख पूर्णकुमारी सुवेदी, नेपाली काँग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरे, एमाओवादीका प्रमुख सचेतक देव गुरुङ र नेकपा (एमाले)का प्रमुख सचेतक भीम आचार्यलगायतको उपस्थिति थियो ।

चुरे भावर पार्टीका अध्यक्ष केशवप्रसाद मैनाली पार्टीबाट निस्कासित भएपछि सभासद पदबाट मुक्त हुनुभएको थियो । त्यसपछि सो पार्टीको समानुपातिक तर्फबाट न्यौपाने सभासद हुनुभएको हो ।


Leave a Reply