माओवादी लडाकुहरुको पुनबर्गीकरणका लागि इलामको चुलाचुलीमा कार्य सुरु



मङ्सिर ३ इलाम । माओवादी लडाकुहरुको पुनबर्गीकरणका लागि इलामको चुलाचुलीमा रहेको बिशेष समिति अन्तर्गतको सचिवालयले आजबाट काम शुरु गरेको छ ।पुनबर्गिकरणका लागि आएको २४ सदस्यीय टोलीले माओवादी लडाकुहरुको पुनस्थापना, स्वेच्छीक अवकास र समायोजनाका लागि काम शुरु गरेको हो । 

बुधबार आएको टोली प्रमुखले बर्गिकरण प्रकृयाका बारेमा टोली सदस्यहरुलाई जानकारी दिनु भएको थियो । टोली संयोजक डाक्टर सम्भुराम सिंखडाले लडाकुहरु पुनबर्गीकरणका लागि भएको ७ बुँदे सहमति अनुसार काम थालिने जानकारी दिनुभयो । उहाँले दलहरुबीच भएको सहमति अनुसार बर्गिकरणको काम थालिने जानकारी दिनुभयो ।पुनबर्गीकरणका लागि मोरडको टाँडी, याङसिला र इलामको दानाबारीका लडाकुहरु मुख्य शिविरमा भेला भएका थिए ।

टोली प्रमुख सिंखडाले लडाकुहरुलाई सबै प्रकृयाका बारेमा जानकारी गराइसकिएकोले स्वविवेकका आधारमा फर्म भर्न आग्रह गर्नुभएको थियो । दलहरुबीच भएको सहमति अनुसार सेना समायोजन, पुनर्स्थापना र स्बैच्छिक अबकासका बारेमा लडाकुहरुलाई टोलीले जानकारी दिइएको थियो ।टोलीले पुनर्बर्गीकरणका लागि बनाएका टेन्टहरुमध्ये पहिलो टेन्टमा लडाकुहरुको अनमिनले प्रमाणित गरेको परिचयपत्र हेरेर लडाकु भएको निर्क्यौल गर्नेछ ।

त्यस्तै दोश्रो टेन्टमा समायोजन, पुनस्थापना प्याकेज र स्वैच्छिक अबकासका बारेमा लडाकुहरुलाई जानकारी दिनेछ । त्यसपछि उनीहरुले चाहेको फारम भर्नेछन् ।लडाकुहरुले ३ वटा बिकल्प मध्ये कुनै बिकल्पमा द्विबिधा भए परिवार र अन्य आफन्तहरुलाई परामर्शको सुबिधा दिइएको समितिका सदस्य हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

तेस्रो टेन्टमा लडाकुहरुले चाहेको प्याकेजका बारेमा टोलीलाई जानकारी दिने र विधिवत् रुपमा नाम दर्ता गरिएको टोलीका सर्बेक्षण अधिकृत मिलन कार्कीले जानकारी दिनुभयो । मुख्य शिविर र मातहतका ३ सहायक शिविरमा रहेका १ हजार ९ सय ३७ जना मध्ये १ हजार ९ सय २२ जना पुनबर्गीकरणमा सहभागी भएका छन् । उनले भने, दलहरुबीच भएको सम्झौता ऐतिहासिक र त्यही अनुसार आफुहरु अगाडी बढ्ने बताए । थापाले केही सानो समुह प्रकृयाबाट अलग हुन चाहेको सुनिएपनि औपचारिक रुपमा जानकारी नभएको जानकारी दिए ।

पहिलो डिभिजनका कमाण्डर यामबहादुर अधिकारी प्रतिक्षाले सबैको चाहना समायोजन भएपनि प्राबिधिक कारणले समायोजनमा सामेल हुनेहरु ६ देखि ७ सय जनासम्म रहने जानकारी दिनुभयो । उहाँले सबैको चहाना समायोजना रहेपनि निश्चित संख्याले समस्यामा परेको बताउनुभयो ।


अधिकारी सहितका ९ जना कमाण्डरहरुले समायोजनाको फारम भरेका छन् । उहाँले सबै प्याकेजहरु ल्डाकुहरुलाई बुझाइएको बताउनुभयो ।टोली प्रमुख सिम्खडाका अनुसार बर्गिकरणको प्रकृया बिहान ८ बजेबाट शुरु भएर बेलुका ३ बजेसम्म चल्नेछ । उहाँले आज २ सय बढी प्रकृयामा सामेल हुने जानकारी दिनुभयो ।

Leave a Reply