मङ्सिर १२ इलाम । इलामको सुलुवुङ्ग स्थित सुजमा जडिवुटी सहकारी संस्थाले चिराइतोको मूल्य निर्धारण गरेको छ । संस्थाले चिराइतोको मूल्य प्रतिमाना १३ हजार पाँच सय रुपैया निर्धारण गरेको हो । यसअघि फरकफरक मूल्यमा विक्री गर्दै आएका किसानहरुलाई चिराइतोको उच्च मूल्य दिन र समायोजन गर्नका लागि चिराइतोको मूल्यमा निर्धारण गरिएको संस्थाका ब्यवस्थापक दिनेश सुवेदिले बताउनुभयो ।
यस्तै संस्थाले चिराइतो खरिद गर्ने ब्यपारीलाई समेत चिराइतो खरिद गर्दा किसानहरुवाट फावा (फाउ) नलिन समेत आग्रह गरेको जनाइएको छ यसअघि व्यापारीले किसानहरुबाट चिराइतो खरिद गर्दा प्रतिमानामा तीन किलोसम्म फाउ लिदै आएका थिए ।