कात्तिक ३०, भद्रपुर। आज बिहान परेको वर्षाले किसानलाई धानबाली भित्र्याउन समस्या पारिदिएको छ । यो वर्षापछि नयाँ बालीका लागि खेत तयार गर्नमा समेत बाधा उत्पत्र भएको छ ।
झापा जिल्लामा ५० प्रतिशत धानबालीको कटान पनि नभइसकेको अवस्थामा वर्षा भइदिँदा अब खेत नसुकुन्जेल धानबाली काट्न नसकिने कृषकहरू बताउँछन् ।
नयाँ बालीको रूपमा गहुँबाली, आलुलगायत तरकारीको खेती गर्न समेत एक साता ढिलो हुनसक्ने सम्भावना देखिएको छ ।
आकाश अझै बादलले ढाकिएकाले थप वर्षा हुने सम्भावना छ ।