गुण्डागर्दीको आरोपमा एक पक्राउ, खुकुरी प्रहारबाट एकको मृत्यु

कात्तिक ३०, पानीट्याङकी (मोरङ)। गाउँमा गुण्डागर्दी गरेर सर्वसाधारणलाई सास्ती दिने एक युवकलाई प्रहरीले गएराति हतियारसहित पक्राउ गरेको छ । 

मोरङ पथरी–१ का २६ वर्षीय भक्तराई भुपाललाई मङ्गलबार राति पथरी बजारमा झैझगडामा उत्रिएर पेस्तोल पड्काएपछि तत्काल घेराउ गरी एक थान चाइनिज पेस्तोल र एक थान गोलीको खोकासहित ईलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । 

अभियुक्त राई पहिलेदेखि नै विभित्र लुटपाट र गुण्डागर्दीमा संलग्न रहँदै आएको र प्रहरीबाट बच्दै आएको बताइन्छ । 

राति गुण्डागर्दी गरेको सूचना पाएपछि उनलाई तत्काल घेरा हाली पक्राउ गरिएको ईप्रका पथरीका निरीक्षक गणेश बास्तोलाले बताउनुभयो । 

यसैगरी, गएराति नै विराटनगर–१६ मा एक युवकको हत्या गरिएको छ । 

माछाको निहुँमा झगडा हुँदा विराटनगर–१७ का २८ वर्षीय अजय यादवले स्थानीय २५ वर्षीय मुत्रा शङ्कर खट्टिलाई धारिलो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

हतियार प्रहारबाट घाइते भएका खट्टिलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

खुकुरी प्रहार गर्ने मुत्रा फरार रहेको र उनको खोजी कार्य भइरहेको बताइएको छ । 

Leave a Reply