मङ्सिर १८, नेपालगन्ज। उपसभामुख पूर्णाकुमारी सुवेदीले भूमिहीनलाई उनीहरु बसोवास गरिरहेको स्थानबाट विस्थापन गर्न नहुने बताउनुभएको छ । बाँके उढरापुर गाविसको गिजरा क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्वासीसँग शनिबार आयोजित अन्तक्रिया कार्यक्रममा उहाँले सातबुँदे सहमतिमा ‘एकीकृत नेकपा (माओवादी) को कब्जामा रहेका जग्गा फिर्ता गरिने’ उल्लेख भएको बताउँदै सो सहमतिले भूमिहीनलाई हुँदैन भन्नुभयो ।
उपाध्यक्ष सुवेदीले नयाँ निर्माण हुने संविधानले वैज्ञानिक भूमिसुधारको विषयलाई पनि सम्बोधन गर्ने बताउँदै भूमिसम्बन्धी समस्या सम्बोधन गर्दा कृषकको हितलाई ध्यानमा राखिने विश्वास दिलाउनुभयो ।
अन्तत्र्रिmयामा सहभागी भूमिहीन सुकुम्वासीले सरकारले आफ्ना लागि वैकल्पिक व्यवस्था नगरेसम्म बसोवास गर्दैआएको जग्गा नछाड्ने अडान राखेका थिए ।
यसैबीच, संविधानसभाका उपाध्यक्ष सुवेदीको उपस्थितिमा यहाँ बसेको सर्वपक्षीय बैठकले नेपालगन्ज—खजुराको मुख्य सडकको विस्तारका लागि बाधक बनेका संरचना भत्काउन सर्वपक्षीय सहमति गरेको छ ।
बैठकले आगामी पुसको दोस्रो सातादेखि सो सडकको बीचदेखि दायाँबायाँ १०÷१० मिटरसम्मको संरचना भत्काएर सडक फराकिलो पार्ने निर्णय गरेको छ ।