समायोजन हुने लडाकु संख्या नथपिने काङ्ग्रेसका सभापति कोइरालाको भनाइ



मङ्सिर १९ काभ्रे । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले नेपाली सेनामा समायोजन हुने माओवादी लडाकुको संख्या कुनै पनि हालतमा नथपिने बताउँनु भएको छ । सोमबार  काभ्रेको बनेपामा रहेको नेपाली काङ्ग्रेस काभ्रेको पार्टी कार्यालयमा पत्रकारहरुसँगको भेटमा कोइरालाले यस्तो बताउँनुभएको हो । सातबुदेँ सहमतिमा ६ हजार ५ सय लडाकु समायोजन गर्ने सहमति दलहरुबीच भएको बताउँदै उहाँले फर्जि लडाकु देखाएर माओवादीले राष्ट्रलाई लुटेको अरोप लगाउनुभयो । 

क्रान्तिकारी जनपरिषद्, कब्जा घरजग्गा, हतियारका साथै वाइसिएलको अर्धसैनिक संरचना माओवादीले त्याग्न नसके शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नसकिने कोइरालाको भनाइ छ । छिट्टै सहमतिको सरकार बनाउने दलहरुबीच गृहकार्य शुरु भएको बताउँदै कोइरालाले वर्तमान सरकारले राष्ट्रिय स्वरुप लिन नसक्ने ठोकुवा गर्नुभयो । 

शान्ति र संविधान प्रति नेपाली काङ्ग्रेस प्रतिवद्ध रहेको बताउँदै कोइरालाले थपिएको ६ महिना भित्र संविधान जारी गर्न दलहरुबीच विश्वासको वातावरण आवश्यक रहेको भन्दै अहिलेसम्म भएका सहमतिहरु कार्यान्वयन गर्न माओवादीलाई सुझाव दिनुभयो ।

Leave a Reply